Milk chilling center launched in Arjun Chowpari
९ भदौ, स्याङ्जा । स्याङ्जाको अर्जुनचौपारी गाउँपालिका–१ बजारमा पहिलोपटक दुग्ध चिस्यान केन्द्र सञ्चालनमा आएको छ। स्थानीय किसानले उत्पादन गरेको दूध सुरक्षित राख्नुका साथै गुणस्तर परीक्षण गरेर बजारमा बिक्री गर्ने उद्देश्यले जन विकास साना किसान कृषि सहकारी संस्था लिमिटेडले केन्द्र सञ्चालनमा ल्याएको हो।
भैंसीपालनलाई व्यावसायिक बनाउन र किसानको आम्दानी बढाउन केन्द्र स्थापना गरिएको सहकारीले जनाएको छ। केन्द्र सञ्चालनमा आएपछि दूध उत्पादन गर्ने किसानलाई बजारको सुनिश्चितता हुने र उत्पादन बढाउन प्रोत्साहन मिल्ने अपेक्षा गरिएको छ।